परराष्ट्रमन्त्री डा.राणाद्वारा विदेशमा रहेका नेपालीको सूचना संकलन गर्न ‘श्रम संसार एप’ सञ्चालन

काठमाडौं । श्रम गन्तव्य मुलुकहरूमा रहेका नेपालीहरूको सूचना र विवरण संकलन गर्ने उद्देश्य राखी संसारभरिका नेपाली डायस्पोराकै विवरण संकलन गर्न सक्ने गरी निर्माण गरिएको ‘श्रम संसार एप’ सञ्चालानमा आएको छ ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा शुक्रबार परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले एपको सरुवात गरेका हुन् । एपमा विदेशमा रहेका नेपालीहरूले आफ्नो विवरण दर्ता गराएपछि नेपालीहरू कहाँ, कुन अवस्थामा र कति संख्यामा छन् भन्ने बारेको सूचना प्राप्त हुनेछ ।
विवरण प्राप्त भएपछि नेपालीहरू रहेका देशमा आवश्यक पर्ने कन्सुलर सेवा प्रदान गर्न तथा समस्यामा परेकाहरूको तत्कालै उद्धार गर्न समेत सहज हुनेछ ।
परराष्ट्रमन्त्री डा.राणाले वैदेशिक रोजगारीका क्षेत्रमा रहेका कैयौँ नेपालीहरू सूचनाकै अभावका कारण ठगिएका, दुःख पाएका र विभिन्न समस्यामा परेका गुनासाहरू मन्त्रालयमा आउने गरेकाले एप सञ्चालनमा आएपछि प्राप्त विवरणका आधारमा कन्सुलर सेवा प्रदान गर्न सजिलो हुने बताएकी छिन् ।
श्रम स्वीकृति बेगर नै श्रम गन्तव्य देशमा पुगेर काम गरिरहेकाहरूलाई पनि सम्बद्ध देशको नेपाली दूतावासबाट श्रम स्वीकृति दिनेगरी वैधानिकीकरण श्रम स्वीकृति प्रदान गर्ने निर्णय भएकाले उनीहरूलाई सहज हुने पनि परराष्ट्रमन्त्री डा.राणाले बताएकी छिन् ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया