इरानबाट भारतले थप तीन नेपाली नागरिकहरू ल्याइदियो

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाको आग्रहमा भारतले इरानबाट थप तीनजना नेपाली नागरिकको उद्धार गरिदिएको छ ।
बिहीबार नयाँ दिल्लीमा भारतीय नागरिकहरूसँगै ३ नेपालीहरू पनि अवरतण भएका छन् । इरानबाट २७२ भारतीय नागरिक नयाँ दिल्ली आएका छन् ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सामाजिक सञ्जाल एक्समा विशेष उडानमार्फत भारतीय समयअनुसार मध्यरात १२ः०१ मा दिल्लीमा अवतरण गरेको उल्लेख गरेका छन् ।
यसअघि ६ जना नेपाली नागरिक भारतको सहयोगमा इरानबाट उद्धार गरिएको थियो । इजरायल–अमेरिका र इरानबीचको युद्ध चर्किरहँदा नेपाली नागरिकको उद्धारको कुरा उठेको थियो ।
परराष्ट्रमन्त्री डा.राणा देउवाले इरानमा रहेका नेपालीको उद्धारका लागि भारतको सहयोग मागेकी थिइन् । डा.राणाको आग्रहमा भारतले नेपाली नागरिकको उद्धार गरिरहेको छ ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया