इरानबाट भारतले थप तीन नेपाली नागरिकहरू ल्याइदियो
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाको आग्रहमा भारतले इरानबाट थप तीनजना नेपाली नागरिकको उद्धार गरिदिएको छ ।
बिहीबार नयाँ दिल्लीमा भारतीय नागरिकहरूसँगै ३ नेपालीहरू पनि अवरतण भएका छन् । इरानबाट २७२ भारतीय नागरिक नयाँ दिल्ली आएका छन् ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सामाजिक सञ्जाल एक्समा विशेष उडानमार्फत भारतीय समयअनुसार मध्यरात १२ः०१ मा दिल्लीमा अवतरण गरेको उल्लेख गरेका छन् ।
यसअघि ६ जना नेपाली नागरिक भारतको सहयोगमा इरानबाट उद्धार गरिएको थियो । इजरायल–अमेरिका र इरानबीचको युद्ध चर्किरहँदा नेपाली नागरिकको उद्धारको कुरा उठेको थियो ।
परराष्ट्रमन्त्री डा.राणा देउवाले इरानमा रहेका नेपालीको उद्धारका लागि भारतको सहयोग मागेकी थिइन् । डा.राणाको आग्रहमा भारतले नेपाली नागरिकको उद्धार गरिरहेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया