काठमाडौं उपत्यकामा लागुऔषधको बिगबिगी बढिरहेको छ : आईजीपी थापा

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले सबैको ऐक्यबद्धता भए लागुऔषध दुर्व्यसनी नियन्त्रण गर्न सफल हुने बताएका छन् ।
बिहीवार काठमाडौंमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आईजीपी थापाले काठमाडौं उपत्यकामा लागुऔषधको बिगबिगी बढिरहेको बताए । प्रहरीले काठमाडौं उपत्यकाभर लागुऔषध रोकथाम र नियन्त्रणको अभियानलाई सशक्त ढङ्गले अघि बढाइरहेको बताए ।
उनले सबै पालिका, तहतप्का र विद्यालय तहमा लागुऔषध विरुद्धको अभियानमा सचेतनामूलक कार्यक्रम लिएर अघि बढिरहेको बताए ।
लागुऔषधको डिमाण्ड र सप्लाईलाई नियन्त्रण कसरी गर्ने भनेर योजना बनाई अघि बढ्न जरुरी रहेको थापाले बताए ।
प्रहरीले चालु आर्थिक वर्षको जेठ महिनासम्ममा अघिल्लो आर्थिक वर्षमा भन्दा गाँजा ६५ प्रतिशत, अफिम ७७ प्रतिशत, हिरोइन ७९, अन्य औषधिजन्य लागुपदार्थ ५३ प्रतिशतले बरामद गरेको बताए ।
‘काठमाडौं उपत्यकामा लागुऔषधको बिगबिगी बढिरहेको छ । अहिले काठमाडौं उपत्यका प्रहरी कार्यालयले काठमाडौं उपत्यकाभर हामीले लागुऔषध रोकथाम र नियन्त्रणको अभियानलाई सशक्त ढंगले अघि बढाइरहेका छौँ,’ आईजीपी थापाले भने, ‘हामीले सबै पालिका, सबै तहतप्का र विद्यालय तहमा हामीले लागुऔषध विरुद्धको अभियानमा सचेतनामुलक कार्यक्रम लिएर जाँदैछौँ ।’
उनले भने, ‘सबैको ऐक्यवद्धता भए लागुऔषध दुर्व्यसनी हामी नियन्त्रण गर्नसक्छौँ । डिमाण्ड र सप्लाईलाई नियन्त्रण कसरी गर्ने भनेर हामीले कार्यक्रम बनाउन जरुरी छ ।’
‘प्रहरीले चालु आर्थिक वर्षको जेठ महिनासम्ममा अघिल्लो आवमा भन्दा गाँजा ६५ प्रतिशत, अफिम ७७ प्रतिशत, हिरोइन ७९, अन्य औषधिजन्य लागुपदार्थ ५३ प्रतिशतले बरामद गरेको छ,’ थापाले भने ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया