लाखौँ रुपियाँ ठगीका दुई अभियुक्तहरू काठमाडौंबाट पक्राउ

काठमाडौं । युके र कतार पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौंको तारकेश्वर नगरपालिका–६ बस्ने दोलखाको बैतेश्वर गाउँपालिका–३ घर भएका ३१ वर्षीया नवीना दाहाल घिमिरे र काठमाडौंको कागेश्वरी महोहरा नगरपालिका–९ बस्ने सर्लाहीका कौडेना गाउँपालिका–४ घर भएका ४३ वर्षीय लछुमन साह तेली रहेका छन् ।
पक्राउमध्ये नवीनाले युके पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५२ लाख रूपियाँ र लछुमनले कतार पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ६ लाख रूपियाँ लिई सम्पर्कबिहीन भएका थिए ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले नवीनालाई सुन्धाराबाट मंगलबार र लछुमनलाई काँडाघारीबाट बुधबार पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया