बारामा ठूलो परिमाणमा लागुऔषध र पैसासहित बुढाथोकी पक्राउ

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय, बाराले १ किलो ९३३ ग्राम लागुऔषध चरेस र १ लाख २३ हजार रूपियाँसहित १ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
बुधबार प्रहरी चौकी पथलैयाबाट प्रहरी नायव निरीक्षक बब्बी बम्जनको कमाण्डमा खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१ पथलैया चोकबाट वर्ष ५६ का बच्चुकुमार बुढाथोकीलाई पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.१६ घर भइ हाल बाराको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.६ सिदरीया टोलमा बस्ने बुढाथोकीलाई लागुऔषध र रकमसहित पक्राउ गरिएको प्रहरी भनाइ छ ।
नारायणघाटबाट आउँदै गरेको ना ५ ख ८१०१ नम्बरको यात्रु बाहक बसलाई चेकजाँच गर्दा सह–चालक साईडको सिटमा कालो झोला साथमा लिई बसेका बुढाथोकीको साथबाट लागुऔषध चरेस र रकम बरामद भएको थियो ।
बुढाथोकीको साथबाट १ किलो ९३३ ग्राम लागुऔषध चरेस तथा नेपाली ६० हजार ५ सय र भारतीय ३९ हजार २१७ रुपियाँ गरी जम्मा १ लाख २३ हजार २४७ रुपियाँ बरामद भएको छ ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया