पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । पताञ्जलि जग्गा प्रकरणमा विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई धरौटीमा छाड्न आदेश दिएको छ ।

बुधबार भएको थुनछेक बहसपछि विशेष अदालतले पूर्वप्रधानमन्त्री नेपालसँग विशेष अदालतले ३५ लाख रुपियाँ धरौटी माग गरेको हो ।

विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचारको आरोप खेपेका पूर्वप्रधानमन्त्री नेपाललाई धरौटीमा छाड्न आदेश दिएको छ ।

विशेष अदालतको आदेशपछि उनी धरौटी बुझाएर पूर्वप्रधानमन्त्री नेपाल बुधबार राति घर जान पाउनेछन् ।

पतञ्जलि योगपीठले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो ।

तत्कालीन सरकारको निर्णयबाट हदबन्दी छुटमा पाएको जग्गा पछि मन्त्रिपरिषदकै निर्णयबाट बिक्री गरेको भेटिएपछि अख्तियारले छानबिन थालेको थियो ।

Published : Wednesday, 2025 June 25, 9:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया