प्रहरी विधेयक असार महिनाभित्र टुङ्गाएर सदनमा लैजानुपर्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संघीयता कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा सरकार गम्भीर रहेको बताएका छन् ।
बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले संघीयता कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा सरकारको तर्फबाट कुनै ढिलाइ हुन नसक्ने बताए । उनले प्रहरी प्रशासनको नीतिगत कानूनी र संरचनागत परिमार्जनका लागि ल्याइएको प्रहरीसम्बन्धी विधेयक सरकारको प्राथमिकतामा रहेको बताए ।
समितिमा नेपाल प्रहरीसम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ ।
गृहमन्त्री लेखकले यही महिनाभित्र विधेयकलाई टुङ्गाएर सदनमा लैजाने अवस्था बनाउन समितिलाई आग्रह गरेका छन् ।
विधेयकका सन्दर्भमा समितिमा भएको छलफल र निष्कर्षलाई सरकारले स्वीकार गर्ने लेखकले बताए ।
गृहमन्त्री लेखकले नागरिकतासम्बन्धी विधेयक पनि छिटै पारित हुने बताएका छन् । समिति सदस्यहरूले प्रहरी प्रशासनलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्ने बताएका छन् ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया