संखुवासभा कांग्रेसका नेता खत्रीको निधन, सभापति देउवाद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेस संखुवासभाका पूर्व महाधिवेशन प्रतिनिधि ७० वर्षीय बाबुराम खत्रीको निधन भएको छ ।

खत्रीको असार ९ गते निधन भएको भन्दै कांग्रेस केन्द्रीय कार्यालय, वीपीनगर, ललितपुरले शोक वक्तव्य जारी गरेर गहिरो दुःख व्यक्त गरेको छ ।

खाँदबारी नगरपालिका वडा नं. ३ निवासी स्व.खत्रीले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ ।

खत्रीको निधनबाट नेपाली कांग्रेसले एक अग्रज र अनुभवी व्यक्तित्वलाई गुमाएको शोक वक्तव्यमा उल्लेख छ ।

‘खत्रीको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नु भएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नु भएको छ,’ मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी शोक वक्तव्यमा उल्लेख छ ।

स्व.खत्री पूर्व सहसचिव, पूर्व कार्यालय सचिव एवं २०७४ को स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका उम्मेदवार रहेका थिए ।

Published : Tuesday, 2025 June 24, 9:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया