रञ्जित महर्जनद्वारा एनआरएनए जापानको युवा संयोजकमा उम्मेदवारी घोषणा
टोकियो । बौद्धिक एवं युवा समाजसेवी रञ्जित महर्जनले एनआरएनए जापानको लागि राष्ट्रिय परिषद अन्तर्गत युवा संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
महर्जनले प्रवासी भूमिमा रहेका नेपाली युवाहरूको आवाज बुलन्द पार्ने अठोटसहित उम्मेदवारी दिएको स्पष्ट पारेका छन् ।
जापानमा रहेका हरेक युवाहरूलाई आइपर्ने समस्याको समाधान रञ्जित महर्जन नारा नै रहेको जापानमा रहेका युवाहरू बताउँछन् ।
महर्जनले जापानमा रहेका नेपालीहरू हरेक समस्याको समाधान खोज्ने सक्ने उनको खुबी नै मानिन्छ ।
वीरेन्द्र सैनिक स्कुलमा कक्षा १२ सम्म अध्ययन गरेका महर्जन फुटबलको राम्रो खेलाडीमध्यमा पर्छन् ।
महर्जनले भने, ‘प्रवासी युवाको प्रतिनिधित्व गर्दै उनीहरूको नेतृत्व क्षमता, सहभागिता र पहिचानको प्रवर्द्धन मेरो प्रमुख उद्देश्य रहेको छ ।’
महर्जन खेलप्रेमी समेत रहेका बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनका भतिज हुन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया