निर्भय र अदृत वर्ल्ड जुनियर टुरिजम एम्बेसडरमा भाग लिन मलेसिया प्रस्थान

काठमाडौं । मलेसियामा आयोजना हुने ‘वर्ल्ड जुनियर टुरिजम एम्बेसडर २०२५’ मा नेपालको प्रतिनिधित्व दुई बालक निर्भय श्रेष्ठ मूल र अदृत कुँवरले गर्ने भएका छन् ।
क्वालालम्पुरमा जुन २३ देखि २७ सम्म आयोजना हुने कार्यक्रमका लागि श्रेष्ठ र कुँवर आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसियातर्फ प्रस्थान गरेका हुन् ।
‘वर्ल्ड जुनियर टुरिजम एम्बेसडर’ विश्वका विभिन्न देशका बालबालिका सहभागी हुने अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।
दुवैले प्रतियोगितामा नेपाली कला–संस्कृतिको प्रचारप्रसार गर्दै नेपालको पर्यटन प्रवर्द्धन गर्नेछन् ।
प्रतियोगितामा विशेषतः कुँवरले नेपाली ‘लाखे’ र श्रेष्ठले नेपाली मौलिक बाजा ‘मादल’को प्रचार गर्नेछन् ।
दुवैले प्रतियोगिताका लागि नेपालका सम्पदा, कला–संस्कृति र एडभेन्चर पर्यटनको प्रवद्र्धन गर्ने भिडियो सामग्रीसमेत तयार पारेका छन् । जसले अन्तर्राष्ट्रिय प्रतियोगीहरूलाई नेपालप्रति आकर्षित गर्ने विश्वास लिइएको छ ।
प्रतियोगितामा बालबालिकासँगै अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजु पनि सहभागी हुँदैछन् ।
दुवै बालक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको ‘मिलेनियम किड्स इन्टरनेसनल २०२५’ का विजेता हुन् ।
प्रतियोगितामा सहभागी कुँवर र श्रेष्ठको फेसन कन्सेप्ट डिजाइनर श्रीषा बैदारले तयार गरेकी हुन् ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया