जङ्गी अड्डामा सेनाको साइबर सुरक्षा गोष्ठी

काठमाडौं । नेपाली सेनाले पाँचौँ संस्करणको एक दिवसीय राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८२ सञ्चालन गरेको छ ।
बिहीबार जङ्गी अड्डामा प्रधान सेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा गोष्ठी सञ्चालन गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
सूचना तथा प्रविधिको तीव्र विकास र विस्तारले मानवीय जीवनलाई सहज बनाउनुका साथै साइबर आक्रमण र साइबर अपराधका घटनाहरूले जोखिम समेत बढाएको परिप्रेक्ष्यमा साइबर सुरक्षाका क्षेत्रमा आपसी ज्ञान, सीप र अनुभवहरू आदान प्रदान गराउने उद्देश्यले उक्त गोष्ठी सञ्चालन भएको विज्ञप्तिमा उल्लेख छ ।
दुई चरणमा सञ्चालित गोष्ठीमा नेपाल सरकारका विभिन्न मन्त्रालयहरू, नेपाली सेना, अन्य सुरक्षा निकाय, सरकारी तथा साइवर सुरक्षासँग सम्बन्धित गैर–सरकारी निकायका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।
साइबर सुरक्षा सम्बन्धी विषय विज्ञहरूद्वारा प्रस्तुतीकरण गरिएको गोष्ठीमा सहभागीहरू बिच विभिन्न परिस्थितिलाई मध्यनजर गर्दै अन्तरक्रिया तथा अभ्यास समेत सञ्चालन गरिएको सेनाले जनाएको छ ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया