कांग्रेस, एमालेसहितका दलहरूको बैठममा सहमति हुन सकेन, ५ बुँदामा छलफल

काठमाडौं । सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षी दलहरूका नेता र प्रमुख सचेतकहरूसँग छलफल गरेमा छन् ।

बुधबार बनेश्वरमा भएको छलफलमा सहमति हुन सकेन । सहमतिमा पुग्न नसक्दा संसद बैठक सन्चालन अन्योलमा परेको छ । बैठकमा कांग्रेस समक्ष प्रस्तुत ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन विपक्षी दलहरूको बैठकमा छलफल भएको थियाे ।

संसदको अवरोध खुलाउने विषयमा सभामुख घिमिरेसहित कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपाका नेताहरूको संयुक्त बैठक बसेको थियो ।

गृहमन्त्रीले राजीनामा दिनुपर्ने र भिजिट भिसा प्रकरणको छानबिन गर्नुपर्ने प्रतिपक्षी दलहरूको मागमा सत्तापक्षका नेताहरू सहमत नभएपछि बैठक निष्कर्षविहीन भएको हो ।

सभामुखसहितको छलफल पछि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का नेताहरू छलफलमा छन् ।

छलफलमा कांग्रेसको नेतृत्व उपसभापति पूर्णबहादुर खड्का र माओवादी केन्द्रको नेतृत्व वर्षमान रास्वपाद्वारा गरिएको थियाे । बैठकमा हितराज पाण्डे, सन्तोष परियार, राजेन्द्र पाण्डे, प्रभु साहलगायत सहभागी रहेका थिए ।

Published : Wednesday, 2025 June 11, 3:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया