मेकअप धेरै लगाएपछि महिलालाई विमानस्थलमा समस्या

सांघाई । चीनमा धेरै मेकअप लगाउँदा एक महिलाले विमानस्थलमा समस्या भोग्नु परेको छ ।

विमानस्थलमा रहेको अनुहार पहिचान गर्ने स्क्यानरले मेकअपका कारण महिलालाई चिन्न नसकेपछि ती महिलाले मेकअप पुछ्नु परेको छ ।

चिनियाँ सामाजिक सञ्जालमा महिलाले मेकअप पुछ्दै गरेको भिडियो भाइरल बनेको छ ।

पासपोर्टको फोटोमा जस्तै देखिन सबै मेकअप हटाउनु परेको छ । ती महिलाले मेकअप हटाएपछि अध्यागमनले अनुमति दिएको थियो ।

Published : Wednesday, 2025 May 21, 4:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया