काभ्रे र दाङबाट १८ जना जुवा खेल्ने मानिसहरू पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा दाङ र काभ्रेपलाञ्चोक जिल्लाबाट १८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

तुलसीपुर उप–महानगरपालिका–६ गुम्राहचोक डेरा गरी बस्ने सोही उप–महानगरपालिका– ११ घर भएका २९ वर्षीय नरेन्द्र केसीको कोठामा जुवातास खेलिरहेको अवस्थामा नरेन्द्र समेत ८ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २६ हजार ८ सय ६५ रूपियाँ र १ गड्डी ताससहित पक्राउ गरेको हो ।

यता, काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ कोशीपारी बस्ने शिव श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका–८ बस्ने ३३ वर्षीय सविन श्रेष्ठ समेत १० जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी पाँचखालबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार ६ सय ४५ रूपियाँ र ४ बुक तास सहित पक्राउ गरेको छ ।

Published : Thursday, 2025 May 15, 3:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया