न्यूजिल्याण्डको संसदमा हाका नाच्ने सांसदलाई निलम्बन

लण्डन । न्यूजिल्याण्डको संसदमा हाका नाच्ने सांसदलाई निलम्बनसहितको सजाय दिइएको छ ।
गत नोभेम्बर महिनामा किवी संसदमा टे पाटी माओरीका सहनेताहरू डेबी ङारेवा–प्याकर र राविरी वाटिटी तथा अर्की सांसद हना–रावहिटी माइपी–क्लार्कले हाका नाचेका थिए ।
उनीहरूले न्यूजिल्याण्डका आदिवासी माओरीहरूसँग गरिएको सन्धिलाई परिमार्जन गर्न ल्याइएको विधेयकको विरोधमा हाका नाचेका थिए । सांसद् हानाले संसदमा विधेयक च्यात्दै हाका नाचेको भिडियो विश्वभर भाइरल भएको थियो ।
संसदले उक्त विधेयक गत अप्रिल महिनामा अस्वीकृत गरेको थियो । बुधबार भने यसरी हाका नाच्ने सांसदलाई अहिलेसम्मकी कठोर सजाय तोकिएको छ ।
किवी संसदको प्रिभिलेज कमिटीले टे पाटी माओरीका सहनेताहरू ङारेवा–प्याकर र वाटिटीलाई तीन साताको निलम्बन गर्ने निर्णय गरेको छ ।
सजायलाई किवी संसदको इतिहासकै सबैभन्दा कठोर मानिएको छ । कमिटीले हानालाई भने सात दिनका लागि निलम्बन गरेको छ । किवी संसदमा यसअघि पनि सांसदहरूले हाका नाच्ने गरेका थिए ।
उनीहरूले हाका नाचेर अरु सांसदलाई डर देखाएको र संसदको अवहेलना गरेको आरोप लगाइएको छ । हाका माओरी समुदायको परम्परागत रणनृत्य मानिन्छ ।
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया