जयवीर र हिलटनको भ्रम फैलाएर सभापति देउवालाई कमजोर बनाउन परिवारमाथि हमला, हिलटनद्वारा खण्डन

काठमाडौं । नेपाली कांग्रेस र एमाले मिलेर बनेको वर्तमान सरकार तत्काल ढल्ने सम्भावना नदेखेपछि आत्तिएको समूहले भ्रामक र गलत सूचनाहरू सम्प्रेषण गरेर उच्च तहका नेताहरूको पारिवारिक र व्यक्तिगत जीवनमा साइबर आक्रमण थालेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा.आरजु राणाको परिवारविरुद्ध अराजक समूहले चरित्रहत्या हुने गरी साइबर आक्रमण गरेको छ । सभापति देउवाका छोरा जयवीर देउवाले नक्सालमा रहेको हिलटन होटल खरिद गरेको भनेर सामाजिक सञ्जालमा चरित्रहत्या गरिएको छ । हिलटन होटल शंकर ग्रुपले सञ्चालन गर्दै आएको छ । होटलको साधारण सेयर जारी गर्ने अन्तिम तयारीमा शंकर ग्रुप छ । हिलटन होटल एक वर्ष अगाडि सञ्चालनमा आएको छ ।
जबकि शंकर ग्रुपले हिलटन होटलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले खरिद नगरेको सार्वजनिक रुपमा जनाइसकेको छ । शनिबार सामाजिक सञ्जालमा जयवीर देउवाले हिलटन होटल खरिद गरेको भनेर केही अनलाइन सञ्चारमाध्यम, युट्युबहरू तथा सामाजिक सञ्जालमा केही अराजक तत्वले भ्रामक कुरा सम्प्रेषण गरेका थिए ।
शंकर ग्रुपका प्रबन्ध निर्देशक साहिल अग्रवालले प्रेस विज्ञप्ति जारी गरेर हिलटन होटल जयवीर देउवाले खरिद गरेको भनेर आएका टिकाटिप्पणीहरूको खण्डन गरेका छन् । उनले सामाजिक सञ्जालमा केही व्यक्तिहरूले आफूहरूको होटलका सन्दर्भमा गलत प्रचार गरेको बताए । उनले भने, ‘हामी यी सबै आरोपको खण्डन गर्न चाहन्छौँ ।’
प्रबन्ध निर्देशक अग्रवालले आफूहरू होटल बिक्री गर्ने पक्षमा नरहेको बताए । उनले नकारात्मकता फैलाउने समूहले जयवीर देउवाको नाम हिलटन होटलसँग जोडेर बदनाम गर्न खोजेको बताएका छन् । अग्रवालले होटलका कुनै पनि सदस्यले जयवीर देउवालाई नभेटेको बताएका छन् ।
हिलटन होटललाई आईपीओमा लैजान लागेको अग्रवालले बताएका छन् । हिलटन होटललाई आईपीओमा जानबाट रोक्ने चलखेल गर्नेहरूले जयवीर देउवाको नाम जोडर गलत र भ्रामक हल्ला फैलाएको अग्रवालले बताएका छन् ।
नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई बलियो साथ दिएको छ । सभापति देउवाले सरकार ढाल्ने प्रस्तावहरूलाई सिधै अस्वीकार गर्दै आएका छन् । सरकार बलियो बनेर बसेपछि सत्ताभन्दा बाहिर रहेको समूहलाई तनाब भएका कारण सभापति देउवा, परराष्ट्रमन्त्री डा.राणा र परिवारमाथि साइबर आक्रमण गरेको छ ।

बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया