भ्रष्टाचार काण्डमा दश वर्षको प्रतिबन्ध फुकुवा हुनेवित्तिकै सुण्डमुण्डसहित साँढे प्रवृत्तिमा उत्रिए गणेश थापा

काठमाडौं । फिफाद्वारा भ्रष्टाचार काण्डमा दश वर्षको प्रतिबन्ध फुकुवा गरेसँगै गणेश थापाले आफूलाई पशुपतिको साँढे जस्तै गरी प्रस्तुत गर्न लागेका छन् ।
ठूलो भ्रष्टाचार काण्डमा फिफाले थापालाई १६ अप्रिल २०१५ देखि १५ अप्रिल २०२५ सम्म प्रतिबन्ध लगाएको थियो । राप्रपाका तत्कालीन समानुपातिक सांसद समेत रहेका थापा राप्रपा नेपालका अध्यक्ष कमल थापाका भाइ हुन् ।
प्रतिबन्ध फुकुवासँगै थापाले अखिल नेपाल फुटबल संघ (एन्फ)भित्र छिरेर विगतमा जस्तै आतंक, अनियमितता, भेदभाव र बबण्डर मच्चाउन खोजेको आरोप छ ।
थापाले शहीद स्मारक ‘बी’ डिभिजन लिग क्लब आरसी ३२ को प्रतिनिधि बनेर एन्फाको साधारणसभामा प्रवेश गर्न खोजेका थिए । थापालाई एन्फाले कानूनी लगायतका वैधताको कुरा उठाएर साधारण सभामा प्रवेश गर्न दिएन । प्रवेश गर्न नपाएपछि सुण्डमुखण्डहरूसहित पुगेका थापाले तल्लोस्तरको गालीगलौज गरेका छन् ।
थापाले सुण्डमुण्ड र मण्डलेहरूसहित एन्फा कार्यालय घेराउ समेत गरिसकेका छन् । घेराउका क्रममा थापाले निच र तल्लोस्तरको अभिव्यक्तिसहित गालीगलौज गरेका छन् ।
शुक्रबार काभ्रेको बनेपामा सम्पन्न भएको एन्फको साधारण सभास्थल घेराउ गर्न पुगेका थापाले मण्डले शैली देखाएका छन् । मुख सम्हाल्न नसकेका थापाले आफूलाई मण्डले प्रवृत्तिको नाइकेका रुपमा प्रस्तुत गरेका थिए ।
थापाको मण्डले प्रवृत्तिलाई काठमाडौं जिल्ला फुटबल संघका सदस्य गौरव थापा (गणेश थापाका छोरा), एन्फा कार्यसमितिका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष विराटजंग शाही र सदस्यद्वय रवीन्द्र चन्द र रूपेश अधिकारीलगायतको झुण्डलाई साथ दिएको छ ।
एन्फाका पूर्वअध्यक्ष समेत रहेका थापाले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई परिचालन गरेर साधारण सभा विथोल्ने प्रयास समेत गरेका थिए । वरिष्ठ उपाध्यक्ष खड्कालाई एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले रोकेका छन् । थापाले एन्फाको नेतृत्व हत्याएर विगतमा जस्तो भ्रष्टाचार काण्ड दोहोराउने हुन् कि भन्ने आशंका समेत उब्जिएको छ ।
एन्फाको साधारणसभाले सन् २०२५ का लागि १ अर्ब ५६ करोड ३२ लाख नौ हजार चार सय ५० रुपियाँ बजेट अनुमोदन गरेको छ । यो गत वर्षको भन्दा बढी हो । अघिल्लो वर्ष फिफाबाट प्राप्त अनुदानमध्ये पूर्वाधारतर्फको ४७ करोड ७६ लाख ७१ हजार पाँच सय ४२ रुपियाँ बजेट यसपटकलाई सारिएको छ ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया