हुण्डीकाे ४० लाखभन्दा धेरै रकमसहित न्यूरोडबाट दुई जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी काठमाडौंले न्यूरोडकाे विशाल बजारबाट हुण्डीकाे अबैध ४० लाखभन्दा धेरै रकमसहित दुई जनालाई पक्राउ गरेकाे छ ।

मंगलबार विशल बजारको भुइँतलाबाट ४ लाख ३२ हजार ५ सयसहित भारतीय नागरिक ६७ वर्षका सुरज दत्त र रुपन्देहीको देवदह नगरपालिका घर भएका वर्ष ६३ धर्मप्रसाद ढकाललाई पक्राउ गरेकाे विज्ञप्तिमा उल्लेख छ । उनीहरू दुबै जना काठमाडौंमा बस्दै आएका थिए ।

उनीहरूकाे साथबाट प्रहरीले नगद, माेबाइल, चेक लगायतका सामग्री बरामद गरेकाे छ ।

Published : Wednesday, 2025 May 7, 11:22 am

फेसबुकबाट तपाईको प्रतिक्रिया