प्रधानमन्त्रीले गभर्नर चयनको जिम्मा कांग्रेसलाई दिनुभएको छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइ प्रधानमन्त्री केपी ओलीका कारण नभएको बताएका छन् ।
मंगलबार नेपाली कांग्रेस आर्थिक नीति तथा योजना विभागद्वारा वीपीनगर, ललितपुरस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा देउवाले प्रधानमन्त्रीका कारण नभइ राष्ट्र बैंकमै समस्या भएका कारण गभर्नर नियुक्तिमा ढिलाइ भएको बताए । प्रधानमन्त्री ओलीले गभर्नर चयनको जिम्मा कांग्रेसलाई दिएको उनले बताए ।
सभापति देउवाले अहिले सत्ता गठबन्धनमा कुनै समस्या नभएको पनि बताएका छन् । सभापति देउवाले अहिलेको प्रणालीमा एउटा पार्टीको मात्रै बहुमत आउने अवस्था नरहेकाले अन्य दलसँग गठबन्धन गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।
सभापति देउवाले मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलता क्रमशः कम हुँदै गएको अवस्थामा कांग्रेस सम्मिलित गठबन्धन सरकारले आर्थिक विकासलाई गति दिनका लागि अझ मेहनत गर्नुपर्ने धारणा राखे। आगामी बजेटमा धेरै योजना प्रस्ताव गर्ने तर पुरा नहुने स्थितिको अन्त्य गर्नुपर्ने देउवाले बताए ।
सभापति देउवाले गिरिजाप्रसाद कोइरालाले सुरु गरेको उदारीकरणका कारण धेरै उद्योगधन्दाहरू खुलेको भन्दै गिरिजाप्रसादले सबै उद्योग बेचे भन्ने आरोप सत्य नभएको बताएका छन् ।
उद्योग गर्ने र व्यापार गर्ने काम सरकारको नभइ उद्योगपति र व्यापारीहरूको भएको देउवाले बताएका छन् । उनले उद्योग र व्यापारको क्षेत्रमा सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्ने बताएका छन् ।
बिचार/ब्लग

कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
फेसबुकबाट तपाईको प्रतिक्रिया