गठबन्धन जसरी पनि टिक्छ, केही भएको छैन : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनमा कुनै समस्या नरहेको बताएका छन् ।
शुक्रबार थाइल्यान्ड भ्रमणबाट फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै सभापति देउवाले भने, ‘गठबन्धन जसरी पनि टिक्छ । केही भएको छैन ।’
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले आफूलाई सत्ता समीकरण परिवर्तन हुने भन्ने कुरा थाहा नभएको बताएका छन् ।
उनले भने, ‘सत्ता समीकरण परिवर्तन हुने कुरा कसले भनेको हो ? थाहा छैन मलाई ।’
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार ढल्न लागेको भनेर सरकारविरुद्ध प्रचारवाजी गरेका बेला सभापति देउवाले सरकार ढल्ने हल्लालाई खारेज गरिदिएका छन् ।
Published : Friday, 2025 April 25, 2:59 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया