कांग्रेस सभापति देउवा स्वदेश फर्किए, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएका छन् ।

शुक्रबार सभापति देउवा थाइल्याण्डको राजधानी बैंककबाट स्वास्थ्य उपचार सम्पन्न गरी स्वदेश फर्किएका हुन् । सभापति देउवा नियमित स्वास्थ्य उपचारका लागि परिवारका सदस्यहरूसहित बैंकक गएका थिए । सभापति देउवासँगै परराष्ट्रमन्त्री डा.आरजु राणा पनि स्वदेश फर्किएकी छिन् ।

सभापति देउवालाई उपसभापति पूर्णबहादुर खड्का लगायतले अति विशिष्ट कक्षमा स्वागत गरेका थिए ।

Published : Friday, 2025 April 25, 2:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया