विदेशमा सरकार परिवर्तन हुँदैन, मनोरञ्जनका लागि चलाएको हल्ला : परराष्ट्रमन्त्री डा.राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले सरकार परिवर्तनको कुरा कसैले चलाएको हल्ला मात्र भएको बताएकी छिन् ।

शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै डा.राणाले भनिन्, ‘अहिले सरकार परिवर्तनको कुनै सम्भावना छैन । यो कसैले मनोरञ्जनका लागि चलाएको हल्ला हुनसक्छ ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बैंकक गएपछि सरकार परिवर्तनको चर्चा चलेको विषयमा राखिएको जिज्ञासामा डा.राणाले सभापतिजी कुनै पनि राजनीतिक भेटघाटका लागि नभएर नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक गएको बताइन् ।

परराष्ट्रमन्त्री डा.राणाले आफूले पनि सरकार परिवर्तनका विषयमा चलेको हल्ला समाचारमा पढेको बताइन् ।

उनले हिजो (बिहीबार) नै कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीसँग फोनमा कुराकानी गरेको जानकारी दिइन् ।

परराष्ट्रमन्त्री डा.राणाले सभापति देउवा राजनीतिक भेटघाटका लागि विदेश नगएको बताउँदै स्वास्थ्य उपचारका लागि गएको बताइन् । उनले भनिन्, ‘राजनीतिक भेटघाट गर्न जानु भएकै होइन । उहाँ आफ्नो चकपअ र पर्सनल भिजिन हो । त्यसमा त्यस्तो केही भेटघाट भएन ।’

डा.राणाले भनिन्, ‘तपाईले नै भन्नुभयो । यी सब हल्ला भनेर, होइन ? देशमा केही हल्ला भएपछि अहिले इन्टरटेनमेन्टको लागि पनि यस्तो न्युजहरू आउनु आउनुपर्छ । सरकार परिवर्तन गर्न त नेपालभित्र बसेर हुनुपर्ने होला ? विदेशमा यहाँको सरकार परिवर्तन हुँदैन र हामी पनि आफै छक्क पर्‍यौँ । हिजो न्युजहरू हामीले हेर्दा बेलुका सभापतिज्यू, प्रधानमन्त्रीज्यूको यो बारेमा कुराकानी पनि भएको छ । यस्तो केही पनि छैन ।’

Published : Friday, 2025 April 25, 2:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया