वीपीका छोराको चियापानमा संस्थापनका अधिकांश नेता, शेखर-सुजाता र २ महामन्त्री आएनन्

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले लोकतन्त्र दिवसका अवसरमा चियापन कार्यक्रम राखेर नेता कार्यकर्ताहरूसँग भेटघाट गरेका छन् ।
बिहीबार काठमाडौंको महाराजगञ्जस्थित निवासमा नेता डा.कोइरालाले चियापानको कार्यक्रम राखेका हुन् । चियापनमा ठूलो नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो । विशेष गरेर डा.कोइरालाको चियापान कार्यक्रममा सभापति शेरबहादुर देउवा निकट मानिने अधिकांश नेताहरूको उपस्थिति रहेको थियो ।
चियापनमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेता शेखर कोइराला, नेतृ सुजाता कोइरालाहरू देखिएनन् ।
यद्यपि, सभापति देउवा निकटका मानिने नेताहरू गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, प्रवक्ता डा.प्रकाशशरण महत, प्रकाशमान सिंह, विजय गच्छदार, विमलेन्द्र निधि, अम्बिका बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
शेखर कोइराला भनेर चिनिएका दीपक गिरी, एनपी साउद, सञ्जय गौतमको उपस्थिति रहेको थियो । कतै नखुलेका तर, डा.शशांक कोइरालाप्रति झुकाव राख्ने नेता महेश आचार्यको पनि उपस्थिति रहेको थियो ।
डा.कोइरालाको महाराजगञ्जस्थित निवासमा बसेर तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले ०६२÷६३ को जनआन्दोलनको नेतृत्व गरेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका थिए । डा.कोइराला बसेको यो घर राजनीतिक रुपमा निकै शुभ मानिन्छ ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया