कांग्रेसद्वारा आतङ्ककारी घटनाको निन्दा र भर्त्सना, भारतसँग उभियाे नेपाल

काठमाडौं । नेपाली कांग्रेसले भारतको जम्मु–कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकको समूहमाथि आतङ्ककारीले गरेको आक्रमणको निन्दा एवम् भर्त्सना गरेको छ ।

बुधबार कांग्रेसका कार्यवाहक सभापति समेत रहो उपसभापति पूर्णबहादुर खड्काले भने, ‘एक नेपालीसहित कम्तिमा २६ जनाको मृत्यु र दर्जनौं व्यक्ति घाइते भएको हदृयविदारक एवं क्रुर घटनाको निन्दा गर्दै नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ ।’

कांग्रेसका सभापति शेरबहादुर देउवालाई उदृत गर्दै भनिएको छ, ‘विश्वको जुनसुकै कुनामा हुने मानवताविरूद्धका यस्ता आतङ्ककारी घटनाको नेपाली कांग्रेस सदैव घोर निन्दा र भर्त्सना गर्दछ । यस दुःखद क्षणमा भारत सरकार र भारतीय जनताप्रति नेपाली कांग्रेसको तर्फबाट सहानुभूति प्रकट गर्दछु र मृतकका परिवारजन, भारत सरकार र भारतीय जनताका साथ हामी छौं भन्ने विश्वास दिलाउन चाहन्छौं ।’

‘आक्रमणमा परी निधन हुनु भएका सबैप्रति हृदयदेखि हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु’, शोक वक्तव्यमा भनिएको छ ।

कांग्रेसले आत्माको चीर शान्तिको कामना गर्दै उनीहरूको परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

उक्त घटनामा परि निधन भएका नेपाली नागरिक वुटवल—११, कालिकानगर, रूपन्देहीका सुदीप न्यौपानेको शवलाई नेपालमा ल्याई मृतकका परिवारलाई बुझाउनका लागि सरकारले तुरुन्त कुटनीतिक पहल प्रारम्भ गर्न र मृतकका परिवारलाई उचित सहयोग पु¥याउनका लागि नेपाली कांग्रेस सरकारसँग आग्रह गरेको छ ।

Published : Wednesday, 2025 April 23, 10:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया