पब्लिक युथ क्याम्पसमा अनेरास्ववियुका शाहीको समूहद्वारा चोरी, नेविसंघका नेतालाई निर्घात कुटपिट

काठमाडौं । एमाले निकटको अनेरास्ववियुका विद्यार्थी नेताहरूले पब्लिक युथ क्याम्पस, धोबीचौर, काठमाडौंमा रहेका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को कार्यालयबाट गोप्य दस्तावेज र कम्युटरबाट हार्डडिस्कमा रहेका तथ्याङ्कहरू चोरी गरेको आरोप लागेको छ ।
केही दिन अगाडि अनेरास्ववियुका इकाई अध्यक्ष निराजनबिक्रम शाहीको निर्देशनमा आदित्य भण्डारीसहितको समूह क्याम्पसमा रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को कार्यालयको कोठाको झ्यालबाट प्रवेश गरी कम्युटरबाट डाटाहरू चोरी गर्नुका साथै तोडफोड गरेको सीसीटीभीमा देखिएको छ । क्याम्पसका विद्यार्थीका अनुसार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को विथोल्न र धाँधली गरेर विजयी हुन अनेरास्ववियुका नेता तथा कार्यकर्ताहरूले क्याम्पसबाट चोरी गरेको आरोप लगाएका छन् ।
अनेरास्ववियुका इकाई अध्यक्ष शाहीको निर्देशनमा दुई जना क्याम्पस उपप्रमुख र ५ जना कर्मचारीहरूलाई अपहरण गरेर राजीनामा लेख्न लगाएको आरोप छ ।
अनेरास्ववियुका अध्यक्ष शाही अपराधिक पृष्ठभूमिका विवादास्पद व्यक्ति हुन् । उनीविरुद्ध प्रहरीमा पटक पटक उजुरी पर्नुका साथै ज्यानमार्ने मुद्दामा समेत जाहेरी परिसकेको छ ।
अनेरास्ववियुका अध्यक्ष शाही आपराधिक क्रियाकलापबाट सुध्रिने पक्षमा छैनन् भन्ने कुरा झ्यालबाट कार्यकर्ता छिराएर चोरी गरेको घटनाले देखाएको छ ।
अनेरास्ववियुका कार्यकर्ताले केही दिन अगाडि क्याम्पस हाताभित्र नेपाल विद्यार्थी संघ (नेविसंघ)का एकजना नेतालाई घाँटी अचेटेर कुटपिट गरेको दृष्य पनि सीसीटीभीमा देख्न सकिन्छ । पब्लिक युथ क्याम्पसमा स्ववियु निर्वाचन भाँड्न अनेरास्ववियुको गतिविधि निकै उग्र भएर आएको छ ।
क्याम्पसका विद्यार्थीले झ्यालबाट छिरेर कम्युटरबाट तथ्याङ्क चोरी गर्ने, तोडफोड जस्ता अपराधिक कार्य गर्नेहरूलाई हदैसम्मको कारबाहीको माग गरेका छन् ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया