राप्रपाका १ हजार कार्यकर्ता पनि आएनन्, डरले पसलहरू बन्द, सवारी आवागमन अस्तव्यस्त

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निषेधित क्षेत्र तोडेर कानून हातमा लिने भनेर चेतावनी दिएपछि काठमाडौंमा आतंक फैलिएको छ ।

राप्रपाले आइतबार काठमाडौंमा प्रदर्शन गरेको छ । राप्रपाको प्रदर्शनमा मुस्किलले एक हजार प्रदर्शनकारी सडकमा उत्रिएका छन् । राप्रपाले हजारौंको संख्यामा कार्यकर्ता उतारेर निषेधाज्ञा तोडेर प्रदर्शन गर्ने भनेको थियो । राप्रपाको प्रदर्शनमा एक हजार कार्यकर्ता पनि उपस्थित नभएपछि राप्रपाका नेताहरू निराश बनेका छन् ।

झिनो संख्यामा माइतीघर, बबरमहल, नयाँ बानेश्वर क्षेत्रमा राप्रपाका कार्यकर्ता जम्मा भएका छन् । उनीहरूले राजसंस्थाको पक्षमा नारावाजी गरेका छन् । सरकारविरुद्ध पनि अभिव्यक्ति दिएका छन् ।

राप्रपाको प्रदर्शनका कारण नयाँ बानेश्वर, बिजुलीबजार, बबरमहल, माइतीघर लगायतको क्षेत्रमा सवारी आवागमन प्रभावित बनेको छ । गन्तव्यतर्फ हिँडेका यात्रुहरू राप्रपाको प्रदर्शनले तनामा परेका छन् । (तस्बिर साभार सामाजिक सञ्जाल)

Published : Sunday, 2025 April 20, 1:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया