राप्रपाले प्रदर्शन गर्नुभन्दा ४८ घण्टा अगाडि पूर्वराजाद्वारा शीर्ष नेताहरूसँग भेट

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूसँग भेटवार्ता गरेका छन् ।
शुक्रबार काठमाडौंको महाराजगञ्जस्थित निर्मलनिवासमा पूर्वराजा शाहले राप्रपाका शीर्ष नेताहरूलाई बोलाएर छलफल गरेका हुन् । छलफलमा के विषयमा कुराकानी भएको हो केही भनिएको छैन ।
पूर्वराजा शाहले बोलाएपछि भेट्न जानेहरूमा अध्यक्ष लिङ्देनका साथै नेताहरू पशुपतिशम्शेर जबरा, प्रकाशचन्द्र लोहनी, बिक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र ज्ञानबहादुर शाही निर्मलनिवास गएका थिए ।
तीनकुने हिंसात्मक प्रदर्शन, राजावादीहरू एक हुनुपर्ने लगायतका विषयमा उनीहरूबीच छलफल भएको बुझिएको छ ।
राप्रपाले भोलि वैशाख ७ गते आइतबार निषेधाज्ञा तोड्ने गरेर प्रदर्शन गर्न लागेका बेला पूर्वराजा शाहले राप्रपाका शीर्ष नेताहरूलाई भेट गरेका छन् । चैत १५ गते पनि पूर्वराजा शाहले विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भेट गरेपछि तीनकुनेको प्रदर्शन हिंसात्मक बनेको थियो ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया