प्रधानमन्त्री ओली, सभापति देउवा र अध्यक्ष दाहालबीच छलफल, गृहमन्त्री पनि सहभागी
काठमाडौं । प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी ओलीसहित तीन राजनीतिक दलका शीर्ष नेताहरूबीच विद्यमान राजनीतिक व्यवस्था र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समावेशितासहितको संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउँदै अघि बढ्ने विषयमा छलफल भएको छ ।
शनिबार प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीका साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको हो । संविधानको उल्लंघन गर्ने र सामाजिक अराजकता सृजना गरी मुलुकको शान्ति तथा अमनचयनमा खलल पुु¥याउनोहरूप्रति सचेत हुँदै अघि बढ्न सहमति बनेको छ ।
प्रमुुख राजनीतिक दलहरूसहित गणतन्त्र पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्नेमा समान मत देखिएको छ ।
शीर्ष नेताहरूको बैठकमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मानवअधिकार तथा सङ्क्रमणकालीन न्यासम्बन्धी सल्लाहकार अग्नि खरेलको पनि सहभागिता रहेको थियो ।
छलफलमा सङ्क्रमणकालीन न्यायसँग सम्बधित दुुई आयोगमा पदाधिकारी चयनका लागि गठित सिफारिस समितिले गरिरहेको कामबारे सामान्य जानकारी गराउने काम पनि भएको सल्लाहकार खरेलले बताए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया