गभर्नर नियुक्तिका विषयमा गृहमन्त्री लेखकले दिए जवाफ
पोखरा । गृहमन्त्री रमेश लेखकले एमाले र नेपाली कांग्रेसबीच सत्ता साझेदारीमा कुनै समस्या नभएको बताएका छन् ।
शनिबार पोखरामा पत्रकारहरूसँग कुरा गर्दै लेखकले सत्ता साझेदार दलबीच समस्या नभएकाले सरकार पनि नढल्ने बताए । लेखकले भने, ‘दुई पार्टीका बीचमा कुनै समस्या छैन ।’
उनले कतिपयले सरकार ढल्छ भनिदिँदा ढल्दैन भनेर प्रष्टीकरण दिनुपरिरहेको बताएका छन् । ‘साथीहरूले सरकार ढल्छ–ढल्छ भनिदिनुहुन्छ अनि ढल्दैन है भनेर हामीले भनिरहनु परेको छ । कुनै समस्या छैन’, उनले भने ।
गभर्नर नियुक्तिका विषयमा सोधिएको प्रश्नको जवाफमा गृहमन्त्री लेखकले सरकारले सही ठाउँमा सही मान्छे ल्याउन खोजेको बताएका छन् ।
केही समूहले सरकारको बद्नाम गर्ने गरी गभर्नर नियुक्तिमा विभिन्न खालका अड्कलबाजी र मिडियाबाजी गरिरहेका बेला गृहमन्त्री लेखकले उपयुक्त जवाफ दिएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया