सहकारी ठगका अभियुक्त रविसँग सुमनाको दुरी बढ्यो, दिइन् राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सह–महामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छिन् ।
श्रेष्ठले सहकारी ठगका अभियुक्त रास्वपाका सभापति रवि लामिछाने जिल्ला कारागार रुपन्देहीमा पुर्पक्षका लागि जेल चलान हुनुभन्दा अगाडि राजीनामा बुझाएकी थिइन् । विदेशी नागरिकसँग विवाह गरेकी सांसद समेत रहेकी श्रेष्ठले पार्टीमा एक व्यक्ति एक पद लागू गर्नुपर्ने भन्दै राजीनामा बुझाएकी हुन् । रास्वपा केन्द्रीय समितिको बिहीबारको बैठकमा सह–महामन्त्रीबाट श्रेष्ठले दिएको राजीनामाबारे छलफल हुने बताइएको छ ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले श्रेष्ठले सह–महामन्त्री पदबाट राजीनामा दिएको बताएका छन् । श्रेष्ठको राजीनामा स्वीकृत भएको छैन ।
सभापति लामिछानेसँग केही समयदेखि सम्बन्ध चिसिएकी श्रेष्ठले सह–महामन्त्री पदबाट राजीनामा दिएकी हुन् ।
केन्द्रीय समितिको बैठकअगाडि मिडिया ट्रायल गर्ने नियतका साथ राजीनामा र त्यसका अन्तरवस्तु बाहिर ल्याइएको बताएकी छिन् ।
सभापति लामिछाने विभिन्न काण्डहरूमा मुछिएको र पटक पटक थुनामा जानु परेको तथा रास्वपाका अन्य नेताहरूको पनि पृष्ठभूमि गतिलो नरहेको भनेर टिकाटिप्पणी भइरहेका बेला श्रेष्ठले सह–महामन्त्री पदबाट राजीनामा दिएकी छिन् ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया