माओवादीले चाहँदैमा सरकार बन्ने र ढल्ने हुँदैन : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले प्रमुख प्रतिपक्ष दलले भनेकै भरमा सरकार नढल्ने जनाएको छ ।
बिहीबार बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी, पूर्वपदाधिकारी र मन्त्रीहरूको बैठकले प्रतिपक्षले सोँच्दैमा सरकार बन्ने र भत्किने भन्ने नहुने निष्कर्ष निकालेको प्रवक्ता डा.प्रकाशशरण महतले बताए ।
प्रवक्ता डा.महतले भने, ‘प्रतिपक्ष दलले सरकार ढलिहालोस् भन्ने सोँच्नु स्वभाविक धर्म नै हो । उहाँहरूले भनेको कुराहरूमा हाम्रो टिप्पणी छैन । उहाँहरूले के भन्नु हुन्छ भन्ने आधारमा सरकार बन्ने र भत्किने हुँदैन ।’
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार ढल्न लागेको भनेर टिप्पणी गरेका थिए । दाहालको सो टिप्पणीको कांग्रेसले खण्डन गर्दै सरकार भत्किने कुनै सम्भावना नरहेको जनाएको छ ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया