ओली-देउवासहित मन्त्रीहरूका साथै कांग्रेस र एमालेका नेताबीच छलफल
काठमाडौं । प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र एमालेका शीर्ष नेताहरूसहितका मन्त्री रहेको संयन्त्रको बैठक बसेको हो । बैठकमा सरकारको कामकारबाही र समग्र राजनीतिक विषयमा छलफल भएको बुझिएको छ ।
बैठकमा प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी ओली, एमालेका उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालको उपस्थिति रहेको थियो ।
नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा.आरजु राणा, गृहमन्त्री रमेश लेखकको उपस्थिति रहेको थियो ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका विरुद्ध अनावश्यक प्रचारवाजी गरेका बेला उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया