सभापति देउवासंगकाे छलफलपछि प्रधानमन्त्री ओलीले लिए निर्णय, शिक्षाहरूकाे माग सम्बाेधनतिर बढ्याे

काठमाडौं । सरकारले संघीय संसदकाे बैठक वैशाख १२ गतेका लागि आह्वान गर्ने निर्णय गरेकाे छ ।
मंगलबार बसेकाे मन्त्रिपरिषद बैठकले संसदकाे बैठक वैशाख १२ गते १ बजे आह्वान गर्ने निर्णय गरेको हाे । संसदमा शिक्षा विधेयककाे प्रस्ताव अगाडि बढ्नेछ ।
`संघीय संसदमा विचचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसदको अधिवेशन आह्वान गरी सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने, यसका लागि वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संघीय संसद बैठकको आह्वान गर्ने निर्णय भएको छ´, शिक्षामन्त्री विद्या भट्टराईले भनेकी छिन् ।
`नेपाल शिक्षक महासंघले उठाएका मागहरूको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेको छ । यथोचित मागको सम्बोधन गर्न सरकार तयार छ´, उनले भनिन् ।
नेपाल शिक्षक महासंघको आह्वानमा भइरहेको प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको छ´, शिक्षामन्त्री भट्टराईले भनिन्,
`हाल विद्यार्थी भर्नाको समय एसइईको उत्तरपुुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षा समेतको समय भएको अवस्था रहेकोले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी अभिभावक एवं विद्यार्थीको हितलाई मध्यनजर गरी सम्पूर्ण शिक्षकहरूलाई आ-आफ्नो कार्यथलोमा फर्किन अनुुरोध गर्ने ।´
प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंग सम्वाद र परामर्श गरेपछि संसदकाे बैठक आह्वान गर्ने निर्णय मन्त्रिपरिषदबाट गराएका छन् । शिक्षाहरूकाे मागअनुसार विधेयक पारित गराउन पहल हुने भएको छ ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया