सुजाता कोइरालाद्वारा राज ठाकेरसँग भेट

काठमाडौं । महाराष्ट्र नवनिर्माण सेनाका अध्यक्ष राज बालासाहेब ठाकरेसँग नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले भेट गरेकी छिन् ।

भारतको महाराष्ट्रमा ठाकेरसँग भेट गरेको तस्बिर नेतृ कोइरालाले सार्वजनिक गरेकी छिन् । पूर्व उपप्रधान एवम् परराष्ट्रमन्त्री समेत रहेकी नेतृ कोइरालाले ठाकेरलाई किन भेट गरेकी हुन् खुलाएकी छैनिन् ।

महाराष्ट्र नवनिर्माण सेनाका अध्यक्ष ठाकेर कट्टर हिन्दुवादी नेता हुन् । नेपालमा पनि राजावादीहरूले हिन्दु र राजसंस्थाको माग उठाएर हिंसात्मक प्रदर्शन गरिरहेका बेला कांग्रेस नेतृ कोइरालाले ठाकेरलाई भेट गरेकी छिन् ।

Published : Tuesday, 2025 April 15, 2:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया