सभापति देउवाको निर्देशनपछि महामन्त्रीद्वय थापा र शर्माद्वारा शिक्षकहरूसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आन्दोलनरत शिक्षकहरूसँग छलफल गरेका छन् ।
मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालय, वीपीनगर, ललितपुरमा थापा र शर्माले आन्दोलनरत शिक्षक अगुवाहरूसँग छलफल गरेका हुन् ।
सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय थापा र शर्मालाई आन्दोलनरत शिक्षकहरूको माग र अस्तव्यस्त बन्दै गरेको शिक्षाका विषयमा ध्यान दिन निर्देशन दिएका थिए । सभापति देउवाको निर्देशनपछि थापा र शर्माले आन्दोलनरत शिक्षकहरूसँग परामर्श गरेका छन् ।
शिक्षकहरूको माग सम्बोधन गर्नेबारेमा महामन्त्रीद्वय थापा र शर्माले कांग्रेसको तर्फबाट पहलकदमी लिने आश्वासन दिएका छन् ।
Published : Tuesday, 2025 April 15, 10:51 am
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया