डा.राणाको चिन्ता- छुचो कुरा गर्दा मिडियामा आउँछ, क्षणिक भइरलले कांग्रेसलाई कति हानी गरेको छ ?
इलाम । नेपाली कांग्रेसकी नेतृ समेत रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणाले सकारात्मक सोँच नहुने हो भने नेता बन्न गाह्रो हुने बताएकी छिन् ।
सोमबार इलाममा नेपाली कांग्रेस इलामले आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा.राणाले छुचो कुरा गर्दा त्यसले पार्टीलाई नोक्सानी हुने बताइन् ।
उनले भनिन्, ‘छुचो कुरा गर्दा मिडियामा आउँछ । त्यो भाइरल भइहाल्छ । त्यो क्षणिक भइरल भएर पार्टीलाई कति हानी गरेको छ ? त्यो कुरा नेताहरूले सोँच्नुपर्छ । विचार गर्नुपर्छ ।’
‘जो मानिस नेता बन्छ त्यो मान्छेले सकारात्मक सोँच राख्नुपर्छ । सकारात्मक सोँच नहुने हो भने नेता बन्न गाह्रो छ’, डा.राणाले भनिन् ।
उनले भनिन्, ‘पार्टीलाई बलियो बनाउन सबैलाई व्यवस्थापन गरेर जानुपर्छ । होइन भने पार्टी कमजोर हुन्छ ।’
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया