राजनीतिमा परमानेन्ट साथी र दुश्मन हुँदैन, कुरा मिल्यो भने त्योसँग जान सक्छौँ : डा.राणा
इलाम । नेपाली कांग्रेसकी नेतृ समेत रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणाले राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र नहुने बताएकी छिन् ।
सोमबार इलाममा नेपाली कांग्रेस इलामले आयोजना गरेको अग्रज कार्यकर्ताहरूसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा.राणाले भनिन्, ‘पार्टीमा दुई वटा कुरा हुँदो रहेछ । राजनीतिमा कुनै कुरा परमानेन्ट साथी र परमानेन्ट दुश्मन भन्ने हुँदैन रहेछ ।’
‘हाम्रो कुरा मिल्यो भने त्योसँग हामी जान सक्छौँ । यो प्रुफ पनि भइसक्यो’, डा.राणाले भनिन्, ‘पहिला द्वन्द्वकालमा माओवादी र कांग्रेसको कस्तो थियो ? द्वन्द्वकालमा हाम्रो साथीहरूलाई मारे पनि ।’
उनले भनिन्, ‘पछि हामीले संविधान बनाउँदा मिलेर बनायौँ ।’
परराष्ट्रमन्त्री डा.राणाले भनिन्, ‘मुलुकमा राजनीतिक स्थायित्व आओस् भन्ने हिसावले कांग्रेस र एमाले मिलेर सरकार बनाएका छौँ । पार्टीभित्र हाम्रो दुश्मनी र दोस्ती हुन सक्छ । परमानेन्ट होइन भन्ने कुरालाई आत्मसाथ गर्नुपर्छ । यो जरुरी छ ।’
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया