नेपालीबीचको एकतालाई अझै बढी मजबुत र सुदृढ बनाउनु छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै नेपालीबीचको एकतालाई अझ बढी मजुबुत र सृदृढ बनाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्नुपर्ने बताएका छन् ।

सोमबार नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै देउवाले आर्थिक, सामाजिक र सांस्कृतिक रुपले समृद्ध नेपाल निर्माण गर्न नयाँ जोश, उत्साह र जाँगरका साथ अगाडि बढ्नुपर्ने बताएका छन् ।

उनले भने, ‘नेपाली जनताको त्याग, संघर्ष, आन्दोलन र बलिदानबाट प्राप्त ऐतिहाँसिक उपलब्धीहरूको रक्षा गर्दै भविष्यमा आउने राष्ट्रिय चुनौतीहरूको एकजुट भई सामना गर्ने दृढ सङ्कल्प र अठोटका साथ नवीन अवसरहरूको उपयोग गरेर मुलुकमा सुशासन कायम गर्दै आर्थिक विकास र समृद्धिको मार्गमा अग्रसर हुनुपर्ने बेला आएको छ ।’

‘यसका लागि सम्पूर्ण राजनीतिक दल तथा जिम्मेवार निकायहरू मुलुक, मुलुकबासी र लोकतन्त्रको पक्षमा आ–आफ्नो दलगत स्वार्थ र सीमाभन्दा माथि उठेर एकतावद्ध भई अगाडि बढ्न आवश्यक छ’, उनले भने ।

सभापति देउवाले नयाँ वर्ष २०८२ सालको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरेका छन् ।

Published : Monday, 2025 April 14, 11:06 am

फेसबुकबाट तपाईको प्रतिक्रिया