संविधानकाे प्रावधानले कुनै पनि पार्टीको बहुमत आउन गाह्रो छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको संविधान सबैलाई मिलाउनसक्ने र पूर्ण समानुपातिक आधारमा बनेको बताएका छन् ।
आइतबार नेपाल मुस्लिम संघले पार्टी केन्द्रीय कार्यालय वीपीनगर, ललितपुरमा राखेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले समावेशी संविधानकै कारण राज्यका हरेक निकायमा सबैलाई समेट्न सकिएको बताए । उनले सबैलाई मिलाएर अघि बढ्ने संविधान भएका कारण कुनै पनि पार्टीको बहुमत आउन भने गाह्रो रहेको बताएका छन् ।
सभापति देउवाले भने, ‘नेपालको संविधान अत्यन्तै राम्रो संविधान छ । सबैलाई मिलाएर लाने संविधान छ । यसले कुनैपनि पार्टीको बहुमत आउन चाहीँ गाह्रो छ । तर, गाह्रो भएतापनि सबैलाई मिलाउन सक्ने यो संविधान छ ।’
‘नेपालको संविधान पूर्णरुपमा समानुपातिक र समावेशी आधारमा छ’, उनले भनेका छन् ।
उनले अहिलेको संविधानमा जनजाति, आदिवासी, मुस्लिम, थारु, मधेशी, महिला सबैको समावेशीता रहेको बताए । ‘त्यसैले अहिलेको संविधानले अत्यन्तै ठूलो र महत्वपूर्ण भूमिका खेलेको छ’, देउवाले भने, ‘हाम्रो पार्टीभित्र पनि सबैलाई समानुपातिक, समावेशी किसिमको हाम्रो विधान छ ।’
‘त्यसकै आधारमा अहिले मुस्लिम समुदायबाट पनि नेताहरू हुनुहुन्छ’, उनले भने ।
देउवाले आन्दोलनरत शिक्षकको जायज माग पूरा गर्न सरकारको ध्यान जानुपर्ने बताए । उनले वार्ता र सम्वादबाट आन्दोलनरत शिक्षकको जायज माग पूरा गर्न सरकारको ध्यान जानुपर्ने बताएका हुन् ।
उनले शिक्षकहरूको माग सम्बोधन गर्न कुनै समस्या देखिए छलफलबाटै निकास निकाल्नुपर्ने भन्दै यसका लागि शिक्षकहरू पनि तयार हुनुपर्ने बताएका छन् ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया