अर्बौं घोटाला काण्डमा अख्तियारमा बयान दिएको प्रदीपद्वारा स्वीकार, दिए गैरजिम्मेवार अभिव्यक्ति

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका विषयमा परेको उजुरीका विषयमा बयान दिएको स्वीकार गरेका छन् ।
कान्तिपुर टेलिभिजनसँगको फायर साईड कार्यक्रममा अन्तर्वार्ताका क्रममा महानिर्देशक अधिकारीले अख्तियारले आफूसँग बयान लिएको बताए । उनले अख्तियारबाट सोधिएको प्रश्नका विषयमा लिखित जानकारी गराएको बताएका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अर्बौंको भ्रष्टाचार भएको भन्दै महानिर्देशक अधिकारीमाथि उजुरी परेको छ । अधिकारी तत्कालीन समयमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आयोजना प्रमुख थिए ।
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले अधिकारीलाई प्राधिकरणको महानिर्देशक पदमा नियुक्त गरेका थिए । ६ जना वरिष्ठ कर्मचारीहरू रहँदारहँदै अधिकारीले आर्थिक चलखेल गरेर महानिर्देशक पद हत्याएका थिए । त्यसको पुष्टि पूर्वमन्त्री आलेले केही हप्ता अगाडि बसेको सार्वजनिक लेखा समितिको बैठकमा लेनदेनका बीच अधिकारीलाई महानिर्देशक बनाएको बताएका छन् ।

महानिर्देशक अधिकारीले आफू सिधै प्रधानमन्त्रीप्रति जवाफदेही रहने भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएका छन् । निकै अहँकार र घमण्ड शैलीमा अधिकारीले आफूलाई प्रधानमन्त्रीले मन्त्रिपरिषदबाट नियुक्त गरेको हुँदा प्रधानमन्त्रीप्रति जवाफदेही रहेको दाबी गरेका छन् । उनले आफ्नो विभागीयमन्त्रीप्रति जवाफदेही नरहेन अराजक अभिव्यक्ति दिएका छन् ।
प्राधिकरणको महानिर्देशक अधिकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीप्रति जवाफदेही हुनुपर्छ । अधिकारीको यो अभिव्यक्तिले वर्तमान पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेलाई झट्का दिएको छ ।
अन्तर्वार्ताका क्रममा महानिर्देशक अधिकारीसँग अर्बौंको घोटाला र भ्रष्टाचारका विषयमा प्रश्न सोधिएको छ । अधिकारीले चित्त बुझ्दो जवाफ दिन सकेको छैनन् । उनले पोखरा र भैरहवा विमानस्थल सञ्चालन हुन नसकेकोमा सरकारलाई दोष दिएका छन् । उनले विमानस्थल सञ्चालन गर्न सरकारले उद्योग, पर्यटन लगायतका पूर्वाधार तयार पार्नुपर्ने बताएका छन् ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया