हनुमान जयन्तीको शोभायात्रामा ढुङ्गा प्रहार, झडपमा केही घाइते, कर्फ्यु आदेश जारी

वीरगञ्ज । हनुमान जयन्तीको शोभायात्राका क्रममा उछृङखल समूहले ढुङ्गामुढा गरेपछि पर्साको वीरगञ्जमा कर्फ्यु आदेश जारी भएको छ ।
शनिबार साँझ ६ः३० बजेदेखि आइतबार मध्याह्न १२ बजेसम्मका लागि वीरगन्जको मुख्य बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख (एसपी) गौतम मिश्रले बताएका छन् । एसपी मिश्रले हनुमान जयन्तीको अवसरमा वीरगञ्जमा निकालिएको जुलुस प्रदर्शन छपकैया पुग्दा केही असामाजिक तत्वले छतको छानाबाट ढुङ्गा प्रहार गर्दा स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि कर्फ्यु आदेश जारी भएको बताए ।
प्रत्येक वर्षझैं हनुमान जयन्तीको शोभायात्राका क्रममा वीरगन्ज घन्टाघरदेखि दक्षिणतर्फ गएर फर्किने क्रममा वीरगञ्ज महानगरपालिकाको वडा नं. ३ छपकैयामा रहेको श्रीराम हल चोक नजिक उछृङ्खल समूहबाट ढुङ्गामुढा भएपछि तनाव सिर्जना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
हुलदंगा भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन दुई दर्जन अश्रुग्यास प्रहार गरेको छ । घटनामा दुई ईन्स्पेक्टरसहितका सुरक्षाकर्मी र केही स्थानीय घाइते भएको प्रहरीले जनाएको छ ।

विश्व हिन्दू परिषद् नेपाल, वीरगञ्ज महानगर समितिले आयोजना गरेको शोभायात्रा कार्यक्रममा मुुस्लिम र हिन्दु समुदायबीच झडप भएको थियो ।
करिब ४ः५० बजे वीरगञ्ज महानगरपालिका वडा नं. २ श्रीराम हलस्थित जामा मस्जिद अगाडि पुग्दा दुई समूहबीच झडपको अवस्था सिर्जना भएको थियो ।
प्रहरीका अनुसार शोभायात्रामा हिँडेकाहरूलाई मस्जिदबाट ढुङ्गा प्रहार भएपछि सुरु भएको झडप तनावग्रस्त बनेको हो ।
अवस्था तनावग्रस्त बनेपछि प्रहरीले ५ः४० बजे पाँच सेल अश्रुग्यास फायर गरेको थियो । झडपका क्रममा एउटा मोटरसाइकलमा आगजनी भएको छ । एउटा फ्रिज पनि पसलबाट बाहिर निकालेर आगजनी भएको प्रहरीले जनाएको छ ।
अवस्था असामान्य बन्दै गएपछि करिब ६ बजेर १० मिनेटमा प्रहरीले पानीको फोहोरा हानेर भिड तितरवितर पारेको थियो ।





बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया