निकम्मा खेलकुदमन्त्रीको राजीनामा माग, एमालेको गोटी बनेर प्रतियोगिता स्थगित गराए

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदको बैठकमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको राजीनामा माग भएको छ ।
शुक्रबार काठमाडौंमा बसको परिषदको बैठकमा खेलकुदमन्त्री चौधरीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित गर्ने प्रस्ताव गरेपछि राजीनामा माग भएको हो । स्रोतका अनुसार बहुमत सदस्यहरूले चौधरीलाई ‘असक्षम’, ‘हुतिहारा’, ‘निकम्मा’ र ‘लुरे’ मन्त्री भन्दै पदबाट राजीनामा दिन प्रस्ताव गरेका छन् । आलोचना भएर राजीनामा माग हुँदा समेत मन्त्री चौधरी चुपचाप आलोचना सुनेर बसेका थिए । निकै हतास मनस्थितिमा देखिएका मन्त्री चौधरी कालोनिलो बनेको प्रत्यक्षदर्शी एक सदस्यले बताएका छन् ।
करोडौं रुपियाँ बजेट समेत विनियोजन गरेर अन्तिम तयारी भइसकेको प्रतियोगिता स्थगित गर्ने कार्यको सदस्यहरूले विरोध गरेका हुन् । मन्त्री चौधरी र एमालेबाट खेलकुद परिषदको उपाध्यक्षमा नियुक्त ध्रुव आचार्यले प्रतियोगिता स्थगित गर्ने प्रस्ताव गरेका थिए । प्रस्तावको विपक्षमा ८ जना सदस्यहरूले असहमति (नोट आफ डिसेन्ट) जनाएका छन् । असहमति र विरोध हुँदाहुँदै मन्त्री चौधरी र उपाध्यक्ष आचार्यले पेलेरै प्रतियोगिता स्थगित गर्ने निर्णय गराएका हुन् । प्रतियोगिताको लागि हालसम्म करोडौं रुपियाँ खर्च भएको छ । खर्च भएको करोडौं सरकारी रकम बालुवामा पानी हाले सरह भएको छ ।
एमालेको मदन भण्डारी स्पोर्टर्स एकेडेमीले राष्ट्रिय प्रतियोगिता गर्न लागेको छ । एमालेको प्रतियोगिता ओझेलमा पर्ने भएपछि एमालेको मतियार बनेर मन्त्री चौधरीले परिषदको प्रतियोगिता स्थगित गराएका छन् । मदन भण्डारी स्पोर्टर्स एकेडेमीको अध्यक्ष पनि परिषदका उपाध्यक्ष आचार्य नै छन् ।
२०८२ जेठ ३ गतेदेखि कर्णाली प्रदेशको सुर्खेतमा प्रतियोगता हुने कार्यक्रम थियो । परिषदका उपाध्यक्ष आचार्य लगायतका ५ जना सदस्यहरूले बिहीबार राति प्रधानमन्त्री केपी ओलीलाई बालुवाटारमा भेटेर १०औँ राष्ट्रिय प्रतियोगिता रोक्न (स्थगित) गर्न माग गरेर ज्ञापनपत्र बुझाएका थिए ।
गतहप्ता मात्रै मन्त्री चौधरीले प्रतियोगिताका लागि ११ वटा उपसमिति गठन गरेका थिए । जसमा एमालेले ३, कांग्रेसले ४ र माओवादी केन्द्रले २ उपसमितिको नेतृत्व पाएका छन् । भागबण्डाका आधारमा गठन गरिएका उपसमितिहरूले काम सुरु गरिसकेको अवस्थामा एमालेले अत्तो थापेर प्रतियोगिता स्थगित गराएको छ ।
७ वटा प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका खेलाडीहरूले लामो समयदेखि प्रतियोगितामा भाग लिनका लागित तयारी समेत गरिसकेका छन् ।
प्रतियोगिताको नाममा मस्कट, लोगो सार्वजनिक गरिसकिएको छ । कर्णाली प्रदेशमा मूल आयोजक समितिको सचिवालयसमेत तामझामका साथ उद्घाटन गरिसकिएको छ ।
मदन भण्डारी स्पोर्टर्स एकेडेमीका अध्यक्षसमेत रहेका परिषद उपाध्यक्ष आचार्य त्यस अन्तर्गत खर्च हुनेगरी राखेपबाटै छ्ट्याइएको २ करोड बजेट खर्च गर्न देशब्यापी दौडाहामा रहने फुर्सद भए पनि १०औँ खेलकुदका नाममा सिन्को समेत नभाँची भाँड्न प्रतियोगिता नै भाँड्न उद्यत् छन् । यसअघि तयारी नपुगेको भन्दै २ पटक स्थगित भएको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता यसपटक जसरी पनि आयोजना गर्नका ब्यापक तयारी भइरहेको थियो छ । नेपाली कांग्रेसबाट मन्त्री बनेका हुतिहारा चौधरीका कारण सयौँ खेलाडीहरूको तयारी बेकार बनेको छ ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया