राज्यमन्त्री प्रमुख अतिथि रहेको कार्यक्रम सचिवद्वारा बहिष्कार, २४ घण्टे स्पष्टीकरण माग

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले मन्त्रालयकासचिव सुरेश आचार्यलाई स्पष्टीकरण सोधेका छन् ।
बिहीबार सचिव आचार्यलाई पत्र पठाएर राज्यमन्त्री तामाङले स्पष्टीकरण सोधेका हुन् । जलस्रोत तथा सिंचाइ विभाग, जावलाखेल, ललितपुरले चैत २५ गते सोमबार आयोजना गरेको कार्यक्रममा आशन ग्रहण नगरी कार्यक्रमबाट बाहिरिएको विषयमा राज्यमन्त्री तामाङले सचिव आचार्यसँग स्पष्टीकरण सोधेका हुन् । सचिव आचार्यले राज्यमन्त्री प्रमुख अतिथि रहेको कार्यक्रमलाई बहिष्कार गरेर हिँडेपछि मन्त्रालयमा बबाल भएको छ ।
‘जलस्रोत तथा सिंचाइ विभाग, जावलाखेल, ललितपुरले २०८१ चैत २५ गते सोमबार आयोजना गरेको सिंचाइ दिवस एवम् ७२औँ वार्षिक उत्सवको कार्यक्रममा राज्यमन्त्री (मन्त्री अनुपस्थित हुँदा) प्रमुख अतिथिमा रहेको बेखतमा विभागको सभाहलमा प्रवेशको क्रममा कार्यक्रम सञ्चालकले उद्घाटन समारोहको क्रममा आसनग्रहणको लागि बोलाउँदा समेत मञ्चमा सहभागी नभइ वेवास्ता गरि बाहिरिएको साथै विभागका महानिर्देशक संजीव बरालले पटक पटक आसनग्रहणको लागि आग्रह गर्दा पनि राज्यमन्त्री सहभागी कार्यक्रममा आफू बस्न तयार नभएको भन्ने तुच्छ अभिव्यक्ति दिएको, पदीय आचरण पालना नगर्नुको साथै पदीय गरिमा समेत कायम नगर्न नसकेको, नेपाल सरकारको सचिव पदको गरिमा र मर्यादालाई समेत धज्जी उडाउने गरि कार्यक्रम बाहिष्कार गरेको तपाईलाई अनुशासनको कर्वाही किन गर्नुनपर्ने हो ? तपाईको अव्यवस्थित र असंयमित व्यवहारले मन्त्रालयको प्रतिष्ठा र कार्यपद्धतिमा असर पुर्याएकाले तपाईलाई किन कार्वाही गर्नुनपर्ने हो ? तपाईले के कस्को प्रभाव वा पूर्वाग्रही भावनाले विभागीय मन्त्रीको अपहेलना गर्ने उद्देश्यले कार्यक्रम बहिष्कार गर्नुभएको हो ? साथै देहायको विषयमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्नु हुन जानकारी गराइन्छ’, स्पष्टीकरण पत्रमा उल्लेख छ ।

बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया