चुप लागेर बस्नमा ज्ञानेन्द्र शाहको भलाइ : कांग्रेस नेता सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुप लागेर बस्न सुझाव दिएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिटौलाले जनताको सेवा गर्न मन भए आफ्नो सबै सम्पत्ति जनतालाई सुम्पन ज्ञानेन्द्र शाहलाई आग्रह गरे । उनले व्यवस्थाविरोधी गतिविधिमा नलाग्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी पनि दिएका छन् ।
उनले व्यवस्था परिवर्तनको उक्साउनुभन्दा चुप लागेर बस्नमा पूर्वराजा ज्ञानेन्द्र शाहको भलाइ रहेको बताए । ‘आज देशभरका युवाहरूलाई साची राखेर भन्न चाहन्छु पूर्वराजा ज्ञानेन्द्र तिमी चुप्प लागेर बस’, सिटौलाले भने, ‘त्यसैमा तिम्रो भलाइ छ, त्यसैमा तिम्रो कल्याण छ । (चुप लागेर बस्न) मन छैन भने आऊ राजनीति गर्न ।’
नेता सिटौलाले भने, ‘राजनीतिमा स्वागत छ । साँच्चै जनताको माया छ भने उनले बचेखुचेको सम्पत्ति दिऊन् जनतामा, आँट छ ?’
नेता सिटौलाले भारतमा ब्रिटिश साम्राज्य अन्त्य भएसँगै त्यहाँका राजाहरू राजनीतिमा आएको उदाहरण दिएका छन् । ज्ञानेन्द्र शाहले पनि त्यसो गर्न पाउने सिटौलाले बताए ।
उद्योगी र व्यापारी ज्ञानेन्द्र शाहले आँट भए आफ्नो सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने सिटौलाले बताए । देशमा पुनः शासन गर्ने मन भए दलीय राजनीतिमार्फत चुनाव लड्न ज्ञानेन्द्र शाह अगाडि आउनुपर्ने उनले बताए ।
नेपालमा राजतन्त्र दन्त्यकथा भइसकेको भन्दै सिटौलाले कुरा गर्न र सुन्न मात्र रमाइलो हुने बताए ।
उनले अब नेपालमा राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको बताए । सिटौलाले भने, ‘राजा आऊ देश बचाऊ भन्छन्, राजाले देश बचाउँछन् ? देश त जनताले बचाउँछन् नि ! एउटा सामन्ती संस्थाको अधिकारको लागि, शोषण र दमनको प्रतीकको संस्थाको लागि लड्ने मानिस कस्ता होलान् ? कसरी आए होलान्र ? कसरी ढुंगामुढा गरे होलान् ? कसरी भित्र मान्छे थुनिएर बसेको छ भन्दाभन्दै बाहिरिबाट आगो लगाइदिए होलान् ? कल्पना गर्नुस् ।’
उनले विगतमा आफूहरूले पनि शान्तिपूर्णरूपमा ठूलो आन्दोलन गरेको स्मरण गरेका छन् ।
उनले भने, ‘त्यत्रो आन्दोलनबाट आयौँ हाम्रो हातखुट्टा केही भएका छैनन्, आन्दोलनमा खट्नेहरूले गोली र लाठी खपे, हामीले कहिल्यै त्यस्तो निर्मम घटना घटाएनौँ । तर, आज सानो जुलुस आयो । सरकारले तोकेका ठाउँमा कार्यक्रम नगरेर पागलपन जस्तो त्यस्तो घटना गराए । नेपालमा कहाँ राजा छ र आउनलाई ? तीन करोड जनसंख्या भएको ठाउँमा दश, बीस हजार मान्छे अनेक ढंगबाट जोडेर, हामी चिन्दैनौँ र देख्दैनौँ कसको रूप र खुट्टा कहाँ छ भनेर ? हामीलाई थाहा छैन र ।’
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया