कांग्रेस मुख्यालयद्वारा जिल्लाहरूलाई कडा परिपत्र र निर्देशन, वैशाख १५ सम्मको समयसीमा

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयले जिल्ला कार्यसमितिहरूलाई क्रियाशील सदस्यता नवीकरणका सम्बन्धमा अत्यन्त जरुरी परिपत्र जारी गरेको छ ।
कांग्रेसका महामन्त्री तथा नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक गगन थापाले २०८२ सालको वैशाख १५ गतेभित्र केन्द्रीय कार्यालयमा अनिर्वाय रुपमा क्रियाशील सदस्यता र त्यस वापतको सदस्यता शुल्क पठाउन परिपत्र गरेका हुन् ।
परिपत्रमा भनिएको छ, ‘नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णयअनुसार नेपाली कांग्रेस केन्द्रीय कार्यालयबाट च.नं.१७२ मिति २०८१/१०/०३ मा क्रियाशील सदस्यता नवीकरण सम्बन्धमा समय तालिका सहितको परिपत्र गरेको वगत नै छ ।’
‘सो अनुसार जिल्लामा प्रत्येक तहका कार्यसमितिमा क्रियाशील सदस्यता नवीकरण सम्बन्धी कार्य तदारुकताका साथ भइरहेको छभन्ने विश्वास लिएका छौँ’, परिपत्रमा भनिएको छ ।
परिपत्रमा महामन्त्री थापाले भनेका छन्, ‘अतः सो परिपत्रमा निर्धारित समयसीमाभित्र नवीकरण भएका सदस्यको एक्सल सिटमा तयार गरी नाम, नम्बरसहितको विवरण तथा नवीकरण शुल्क (एकमुष्ट २००) नेपाली कांग्रेसको नियमावली २०७६ को नियम ४ (३) बमोजिम वडा तहमा रु. १०, गाउँ नगरपालिका तहमा रु. १०, प्रदेश सभा क्षेत्र तहमा रु. १०, प्रतिनिधि सभा क्षेत्र तहमा रु. १०, जिल्ला तहमा रु. १० सम्बन्धित तहहरूमा नै राखी बाँकी रहेको नवीकरण शुल्कमध्ये (प्रदेश कार्यसमितिले पाउने रु.१० सहित) एकमुष्ट रु. १५० नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको खाता नं. राष्ट्रिय वाणिज्य बैंक टेकु शाखा १७००१००००७१४६०१० मा जम्मा गरी सो को भौचरसहित २०८२ वैशाख १५ गतेभित्र केन्द्रीय कार्यालयमा अनिर्वाय रुपमा पठाउन निर्देशन गरिन्छ ।’
नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको सदस्यहरूमा सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाईली रहेका छन् । समितिले क्रियाशील सदस्यताका विषयमा आन्तरिक गृहकार्य गर्दै आएको छ ।

बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया