राप्रपाको बल्खु प्रदर्शनमा निराशाजनक उपस्थिति, कति थिए मानिस ?
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंको बल्खुमा आयोजना गरेको बृहत खबरदारी सभामा ३÷४ हजार मानिसको उपस्थिति रहेको अनुमान छ ।
मंगलबार राप्रपाले बल्खुमा गरेको प्रदर्शनमा ३÷४ हजारको उपस्थिति रहेको सुरक्षाकर्मीहरूको अनुमान छ । राप्रपाले ठूलो संख्यामा कार्यकर्ता सडकमा उतार्ने भनेको थियो । कार्यकर्ता थोरै उपस्थित भएपछि राप्रपाको नेतृत्वलाई तनाब भएको छ ।
चैत १५ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरेको प्रदर्शनमा पनि करीव ३÷४ हजार मानिसको उपस्थिति रहेको थियो । मानिसहरू थोरै आएपछि प्रसाईंले उत्तेजक हर्कत गरेर हिंसात्मक प्रदर्शन गराएका थिए । प्रसाईं अहिलेसम्म फरार छन् ।
राप्रपाका नेताहरूलाई राख्नका लागि मञ्चको अगाडि करीव २ सय कुर्सीहरू राखिएको थियो । सोही कारणले पनि मानिसहरू धेरै भएको देखिएको थियो ।
राप्रपाको खबरदारी सभामा अध्यक्ष राजेन्द्र लिङ्देन, नेताहरू पशुपतिशम्शे राणा, डा.प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङ, बिक्रम पाण्डे, रोशन कार्की, ध्रुबबहादुर प्रधान लगायतको उपस्थिति रहेको थियो ।
चैत १५ गतेको हिंसात्मक प्रदर्शनमा सहभागी भएकी राजावादी रमा सिंह लगायतको समूह पनि देखिएको थियो । सुरक्षा निकायले बलियो सुरक्षा सतर्कता अपनाएका कारण प्रदर्शनकारीले तीनकुनेको जस्तो हर्कत देखाएनन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया