रविजीलाई पक्राउ पुर्जी दिने भनेको शुरुमा हो, पछि अदालतको आदेश भए पुग्छ : अधिवक्ता पाठक

काठमाडौं । अधिवक्ता तोलाकुमारी पाठकले अदालतको आदेशपछि रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको बताएकी छिन् ।

युट्युबसँगको अन्तर्वार्तामा अधिवक्ता पाठकले अदालतको आदेश भएपछि लामिछानेलाई पक्राउ गर्न पक्राउ पुर्जी आवश्यक नपर्ने बताइन् । उनले लामिछानेविरुद्ध अदालत विभिन्न अभियोजन रहेको बताइन् ।

उनले भनिन्, ‘रविजीलाई उहाँको हकमा हेर्दा शुरुमा पक्राउ पुर्जी दिइयो । त्यसपछि उहाँलाई सहकारी सम्बन्धी लगायत अन्य मुद्दाहरूमा उहाँलाई अभियोजन गरियो । अभियोजन गरेपछि जिल्लाले रुपन्देही जिल्लाको हकमा कुरा गर्न खोज्नु भएको होला ।’

पाठकले भनिन्, ‘जिल्लाले उहाँलाई थुनामा राख्ने की धरौटीमा छाड्ने की साधरण तारेखमा छाड्ने भन्ने कानूनको तीन वटा प्रक्रिया हुन्छ । थुनछेकको प्रक्रियामा । उहालाई दफा ६८ बमोजिम थुनामा नराखी हाललाई धरौटी लिने भन्ने आदेश भएको थियो । उहाँ तारिखमा हुनुहुन्थ्यो । उहाँलाई धरौटीमा राखेको ठीक छैन भनेर नेपाल सरकारले पीडितहरूको तर्फबाट जाहेरवालाले अपील गर्न पाउँछ । पुनरावेदन पर्‍यो ।’

‘७३ बमोजिम उहाँलाई जिल्ला अदालतले गरेको आदेश बदर गरीपाउँ भनेर नेपाल सरकारले त्यो उपर पुनरावेदन गरेको आदेशविरुद्ध गएको अवस्थामा, उच्च अदालत नेपाल सरकार गयो र उहाँलाई थुनामा राख्नुपर्छ भनेर जिल्ला अदालतले गरेको आदेश बदर गरेर थुनामा राख्नुपर्छ भन्ने तुलसीपुरको बुटवल इजलासले आदेश भएको अवस्था छ’, अधिवक्ता पाठकले भनेकी छिन् ।

पाठकले भनिन्, ‘मध्य रातमा गिरफ्तार गर्‍यो भन्ने उहाँलाई पहिले नै पक्राउ गर्‍यो । पहिले नै अनुसन्धानको क्रममा राखेको छ । यो मुद्दाको उहाँले धरौटीमा राखेको कुरा मिल्यो की मिलेन ?’

‘त्यो आदेश मिल्यो की मिलेन भनेर सरकारले मिलेन, थुनामै राख्नुपर्छ, यो त अभियोजन उहाँको संगठित अपराध लगायत धेरै वटा दफाहरू आकर्षित हुने गरी अभियोजन गरेको छ’, उनले भनिन् ।

‘त्यो अनुसार उहाँलाई थुनामा राख्नुपर्छ भनेर आदेश विपरित आदेश बदर भयो । जिल्ला अदालतको आदेश बदर भएपछि उच्च अदालतले थुनामा राख्नुपर्छ भनेपछि उहाँ थुनामा बस्नुपर्छ’ अधिवक्ता पाठकले भनेकी छिन् ।

‘उहाँले लाइभ गरेर म आफै गिरफ्तारी दिन जाँदैछु भनेर । उहाँलाई मध्यरातमा उठाएको होइन । थुनामा राखेको आदेश सहित उहाँलाई पक्राउ गर्न पाउँछ । धरौटीमा बसेको व्यक्ति, तारेखमा लिन आउँदा पनि पक्राउ गर्छ’, उनले भनिन् ।

‘कहिँ, जहाँ रहे पनि उहाँ रवि भनेको एउटा पार्टीको सभापति हो । उहाँलाई कानून विपरित चाहिँ होइन, त्यो आदेश भएपछि थुन्न पाउँछ । गिरफ्तारी मध्यराति गरेको भन्न पाइँदैन । उहाँ आफैले गिरफ्तारी दिँदै हुनुहुन्छ’, अधिवक्ता पाठकले भनेकी छिन् ।

उनले भनिन्, ‘पक्राउ पुर्जी दिने भनेको शुरुमा हो । कुन मुद्दाको लागि पक्राउ गरिएको छ भने, भनिएको बेला पक्राउ पुर्जी दिने हो । उहाँले मलाई दिएको आदेश देउ भनेको होला । सायद दियो होला । तपाईलाई थुनामा राख्न आदेश छ भनेर थुनामा राख्न पाउँछ ।’

‘आदेशअनुसार नेपाल सरकारले त्यति ठूलो मुद्दामा थुनामा राख्ने, चर्चित व्यक्ति हो । धरौटीमा छुटेको मान्छेलाई तारेख लिन आउँदा समात्ने हो । तारेखमा आएन भने उसको धरौटी जफत हुन्छ । उहाँ ठूलो व्यक्ति हो, चर्चित मुद्दामा आदेश दिएपछि पक्राउ गर्न मिल्छ । अदालतको आदेश मान्नुपर्छ । त्यही हो । उहाँलाई थुनामा राख्ने व्यक्तिलाई समातेको त हो नि । राज्यले त्यति नराम्रो केही गरेको छैन । उहाँलाई छुट दिने हो भने सबैले छुट पाउनु पर्छ नि । कानून सबैलाई समान हो’, पाठकले भनेकी छिन् ।

‘आदेश अनुसार पक्राउ गरियो । इच्छाले हुने होइन । कानून इच्छाले चल्दैन । आफै गिरफ्तारी दिन्छु भनेर उहाँले फेसबुकमा दिइरहनु भएको छ । मलाई यसरी गर्‍यो भनेर अफवाह फैलाउनु भएको हो । यो राज्यले सरकार चलाएको अवस्थामा कसरी आलोचना गर्ने ? राज्यलाई कसरी डोमिनेट गर्ने भनेर अफवाह बाहिर फैलिएको हो’, अधिवक्ता पाठकले भनेकी छिन् ।

Published : Sunday, 2025 April 6, 10:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया