अदालतको आदेशमा रवि पक्राउ गर्दा किन बबाल ? इच्छाराज-खुमबहादुर-बालकृष्ण-टोपबहादुर-जेपीहरू पक्राउ परेकै हुन्

काठमाडौं । कानून व्यवसायीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतको आदेशमा पक्राउ गरिएको बताएका छन् ।
उनीहरूले लामिछानेलाई सरकारले प्रतिशोध राख्यो भनेर लामिछानेका समर्थकहरूबाट आएको अभिव्यक्ति विधि, कानून, संविधान र न्यायालय विरुद्ध रहेको बताएका छन् ।
कानून व्यवसायीहरूले भनेका छन्, ‘रुल अफ ल भन्दा बाहिर कोही पनि छैन । प्रहरीले अदालतको आदेश, कानूनी प्रक्रिया, विधि पूरा गरेरै पक्राउ गरेको हुन्छ । त्यो पूरा गरेरै कसैलाई पनि पक्राउ गरेको हो ।’
‘रवि लामिछाने एक्लो मान्छे पहिलो पटक पक्राउ परेको हो र यो देशमा भन्या ?’, कानून व्यवसायीहरूले प्रश्न गर्दै भनेका छन् ।
उनीहरूले भनेका छन्, ‘पहिला तत्कालीन गृहमन्त्री खुमबहादुर खड्का, जेपी गुप्ता जेल परेको होइन ? अस्ती बालकृष्ण खाण प्रहरीले समातेर जेल परेको होइन ? उतिखेरै समातेको थियो त ? एमालेको टोपबहादुर रायमाझीलाई पक्राउ गरेर हालियो त जेल । प्रहरीका तीन जना आईजीपी पनि पहिला पक्राउ परेर जेल हालेकै हो ।’
‘अनेक मान्छे पक्राउ गरेर जेल हाल्दाखेरी प्रतिशोध नहुने । गैह्रकानूनी नहुने । विधि, प्रक्रिया प्रयोग नगरेको नहुने । आज रवि लामिछानेलाई पक्राउ गर्दा गर्दा कानून उलंघन ग¥यो । राति आएर पक्राउ ग¥यो भनेर डङ्कार पिट्नु पर्ने किन भन्या ?’, प्रतिप्रश्न गर्दै अधिवक्ताहरूले भनेका छन् ।
कानून व्यवसायीहरूले भनेका छन्, ‘सहकारी ठगी काण्डमा कांग्रेसका पनि कोही बच्दैनन् । एमालेका पनि कोही बच्दैनन् । उजुरी हुन्छ । प्रक्रिया हुन्छ । अदालतले फैसला गर्छ तब प्रहरीले पक्राउ गर्छ । प्रहरीले बाटोमा हिँड्दै गरेको मान्छेलाई यो पनि सहकारीमा दोषी हो भनेर पक्राउ गर्न मिल्छ र ? मिल्दैन नि ? प्रक्रिया हुन्छ । कानून हुन्छ । विधि हुन्छ । त्यस कारणले पक्राउ गर्छ ।’
‘एमालेका इच्छाराज तामाङलाई कानूनले जेल हालेको होइन भन्या सहकारीमा । एमालेको केबी उप्रेती अहिले पनि जेलमा छन् । एमाले–कांग्रेस भन्ने कुरै भएन’, कानून व्यवसायीहरूले भनेका छन् ।
‘यो मकै पोलेको घ्यु बेचेको, दही बेचेको, बाख्रो बेचेको पैसा ठग्नेलाई बचाउन मिल्छ ?’, उनीहरूले भनेका छन् ।
‘कोही पनि मान्छे दोषी हुन्छ भने कानून, कानूनको प्रक्रिया त्यति मात्रै होइन उच्च अदालतको फैसलाबाट पक्राउ गरेकोलाई राज्यले दमन ग¥यो भन्न मिल्छ भन्या ? यसमा सरकारको, केपी ओलीको अथवा अरु कसैको आदेशले गरेको हो र ? अदालती आदेश र अदालती प्रक्रिया, कानून र कानूनी प्रक्रियाअनुसार गरेको पक्राउ आदेशको पक्राउ प्रक्रियालाई अन्यथा भन्न मिल्दैन ।’
कानून व्यवसायीहरूले भनेका छन्, ‘सडकमा हल्ला गरेको भरमा हुन्छ र ? फेसबुकमा रवि दाई गुडलक लेखेर हुन्छ ? फेसबुकमा लेखेको भरमा अदालती प्रक्रियालाई छोड्ने वा थुन्ने हुन्छ र ? हुँदैन । कानून छ । रुल अफ ल छ । अदालत छ । प्रक्रिया छ । विधि छ । त्यही आधारमा पक्राउ हुन्छ । त्यही आधारमा पक्राउ गरिएको हो । यसरी बुझ्न जरुरी छ ।’
उनीहरूले भनेका छन्, ‘कांग्रेस–एमालेका नेताहरू पक्राउ पर्दा राज्यले प्रतिशोध साँध्यो भन्न नपर्ने, एमाले–कांग्रेसलाई अनि रवि पक्राउ परेको बेथिति भयो, पूर्वाग्रहरी भयो भन्नु पर्ने किन भन्यो ?’
‘राज्यमा न्यायालय हुन्छ, सरकार हुन्छ, संसद हुन्छ । संसदले कानून बनाउने, अदालतले कानूनको व्याख्या गर्ने, सरकारले लागू गर्ने । रवि लामिछानेको प्रकरणमा सरकारको के भूमिका छ र ? अहिले रवि लामिछानेलाई पक्राउ गर्नुमा नेपाल सरकारको भूमिका के छ ? केही पनि छैन । अदालते फैसला ग¥यो, अदालतको फैसला कार्यान्वयन गर्न प्रहरी गयो । समायो फिनिस’, कानून व्यवसायीहरूले भनेका छन् ।
‘हल्लाको भरमा बहकिएर हिँड्नु कोही पनि जरुरी छैन । सत्य तथ्य, देशको प्रणाली, संविधान, कानून, विधि यसमा विश्वास गर्नु पर्छ । राज्यलाई विश्वास गर्नुपर्छ । चित्त नबुझेको कुरामा बोल्न पाइन्छ । यो डेमोक्रेशी हो । बोल्दा आधार, प्रमाण र तथ्य लिएर बोल्नुपर्छ’, कानून व्यवसायीहरूले भनेका छन् ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया