तीनकुने घटनाको छानविन हुन्छ, दायाँबायाँ कुरै छैन : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीनकुने घटनाको छानविन गर्न छानविन समिति गठन हुने बताएका छन् ।
आइतबार काठमाडौंस्थित निवासमा पुगेर देउवाले पत्रकार सुरेश रजकका परिवारजनसँग भेट गरेका हुन् । चैत १५ गते तीनकुनेमा राजावादीहरूले घरमा आगो लगाउँदा सुरेश रजकको जलेर मृत्यु भएको थियो ।
सभापति देउवाले पत्रकार सुरेश रजकका आफन्तलाई निवासमा भेटे गरेपछि घटनाको छानविन हुने बताएका हुन् । उनले छानविन समिति गठन हुने त्यसका लागि क्याबिनेटले पास गर्नुपर्ने बताए । देउवाले तीनकुने घटनाका दोषीलाई कारबाही गर्नुपर्ने भन्दै कसैलाई छाड्न नहुने बताएका छन् ।
सभापति देउवाले भने, ‘यत्रो धेरै मान्छे मार्ने कुराहरू । पार्टी अफिसमै आगो लगाइदियो । यिनीहरूलाई छोड्ने कामै छैन । जडीबुटीमा सरकारी घरहरू जलाइदियो । यता माथि पेट्रोल राखेको ठाउँ (आयल निगमको डिपो)मा जलाएको भए पूरै आगो लाग्थ्यो ।’
सभापति देउवाले पत्रकार सुरेश रजकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकमा रहेका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । उनले तीनकुने घटनामा ज्यान गुमाएका सुरेश रजक र सविन महर्जनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया