ज्ञानेन्द्र शाहका मतियार दुर्गा प्रसाईंले भाग्न प्रयोग गरेको गाडी भेटियो
काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भाग्न प्रयोग गरेको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले गाडीलाई इटहरीबाट काठमाडौं ल्याएको छ । बा ४२०८ नम्बरको स्कारपियो गाडी काठमाडौं ल्याइएको स्रोतले जनाएको छ ।
काठमाडौंबाट प्रसाईंले भाग्न प्रयोग गरेको स्कारपियो गाडीलाई इटहरीबाट बरामद गरेको हो । तीनकुनेमा वितण्डा मच्चाएर भाग्दा प्रसाईंले प्रयोग गरेको गाडी प्रहरीले फेला पारेको जनाएको छ ।
चैत १५ गते पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूले गरेको प्रदर्शनका कमाण्डर प्रसाईं थिए । प्रसाईंकै निर्देशन र नेतृत्वमा हिंसा भएको थियो ।
तीनकुने हिंसा गराएर फरार भएका प्रसाईंलाई प्रहरीले खोजी गरिरहेको छ । भाग्न प्रयोग भएको गाडी फेला परे पनि प्रसाईं फेला परेका छैनन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया